Home Blog Page 98
काठमाडौँ- आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए। ‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो। अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि...
काठमाडौं- राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र...
काठमाडौं- स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो । सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको...
काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो । गत वैशाखमा सम्पन्न भएको निर्वाचनले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनाए पनि आन्तरिक द्धन्द्धका कारण कांग्रेस सत्ता बाहिर छ । प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं- चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ । भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ५ महिना (साउन( मङ्सिर) मा...
काठमाडौं- भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादी केन्द्रका नेता सुदन किराती माघ ३ गते संघीय सरकारको मन्त्री बने। आफ्नै पार्टी माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री पदको शपथअघि नै सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेर सबैको ध्यान खिचेका उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा फेरि यस्तैगरी सञ्चार-माध्यमको...
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले सोमबार साँझदेखि देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ। यसका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
काठमाडौँ- नेपालको विकट मानिने कर्णाली प्रदेशको यथार्थ कथा उठान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती र चर्चा कमाएको नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतको एक प्रतिष्ठित चलचित्र महोत्सव ‘बाबासाहेब डा. बी. आर. अम्बेकडर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । उक्त महोत्सवमा स्कृनिङ र प्रतिस्पर्धा हुने म्युजिक भिडियो विधामा दुई वटा मात्रै छनोट हुँदा एउटा ‘रेलको बाटो’...
काठमाडौं- सरकारले सर्वोच्च अदालतसँग परामर्श नगरी न्यायाधीशको तलब तोकेको भन्दै न्यायाधीश समाजले असन्तुष्टि व्यक्त गरेको छ। सरकारले प्रधानन्यायाधीशको मासिक तलब १ लाख २ हजार २ सय ९३ रूपैयाँ तोकेको छ। यस्तै सर्वोच्च अदालतका न्यायाधीशको मासिक पारिश्रमिक ८५ हजार ४३ रूपैयाँ तोकिएको छ। यससम्बन्धी सूचना यही माघ ५ गतेको राजपत्रमा प्रकाशित छ। न्यायाधीश समाजले सर्वोच्च अदालतसँग परामर्श नगरी...

अन्तर्वार्ता

ब्लग