Home Blog Page 96
बाजुरा- बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक सडक निर्माणको काम रोकिएको छ। बूढीगङ्गा नगरपालिका–२ को कन्सर्न बाजुरादेखि अम्कोटद्वारीसम्मको झन्डै तीन किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो। सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणको काम सुरु गरिएको भए पनि अहिले अम्कोटका स्थानीयवासीले विवाद सुरु गरेपछि निर्माण रोकिएको होसडक डिभिजन...
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति...
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ। पचपन्न वर्षभन्दा माथिका उमेर समूह,...
काठमाडौं- पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ । कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला...
काठमाडौं- विदेशमा चकित पार्ने घटनाहरु धेरै सुन्नमा आउने गरेका गरेका छन् । तर पछिल्लो समय नेपालमा पनि यस्ता किसिमका घटनाहरु सुन्न र देख्न थालिएको छ । चितवनमा एउटा यस्तै अचम्मको घटना भएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । पेट फुलेको अवस्थामा सोमबार बिहान अस्पताल आइपुगेका...
काठमाडौं- आगामी वर्ष वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । उपनिर्वाचनका लागि १८ वटा दलहरू दर्ता भएका छन् । प्र्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई...
काठमाडौं- उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले आगामी चैत महिनामा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र...
काठमाडौँ- राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।यस्तो छ उहाँको इतिहास:
काठमाडौं- काठमाडौं महानगरपालिकाको भित्री शहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको छ । व्यावसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको हो । महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो पाइएको हो...
काठमाडौँ- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,...

अन्तर्वार्ता

ब्लग