Home Blog Page 95
काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. २ को लागि आयोगले...
काठमाडौं- नेपाली गीत संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा “कठै पिरती ” नामक गीत सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएको “कठै मेरो पिरती, देख्निलाई रमिता भोग्निलाई पीडाको घेरो पिरती” गीतले प्रेम काहानी तथा समाजको यर्थाततालाई चित्रण गर्न खोजेको छ । माया प्रेम संग जोडेर बजारमा सार्वजनिक भएको गीतले छोटो समयमा...
काठमाडौं - काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ...
काठमाडौं- निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि (मौन अवधि) लागू भएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२...
काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले...
गुल्मी- विकास निर्माणको काममा हुने ढिलासुस्तीको नमुना गुल्मीको तम्घास-रेसुङ्गा सडकलाई हेरे मात्र पुग्छ । यहाँको ६ किलोमिटर सडक कालोपत्रेको काम ६ वर्षसम्म पनि अधुरै छ । जिल्लाको सदरमुकाम तम्घासबाट रेसुङ्गा जानका लागि मात्र ६ किलोमिटरको दुरी छ । सडक कालोपत्रेका लागि वि।सं। २०७४ मा सम्झौता भई अगाडि बढे पनि हालसम्म सडक निर्माणको काम नसकिएको हो । यस...
काठमाडौं- मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमका लगानीकर्ताले लामो समय बितिसक्दा पनि लाइसेन्स नवीकरण, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिमानालगायतका शुल्क सरकारलाई तिर्न आनाकानी गरिरहेको छ । स्मार्ट टेलिकमले सरकारलाई २६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिए पनि उसले विभिन्न बहाना देखाउँदै तिर्न आनाकानी गरिरहेको हो । सो कम्पनीको लाइसेन्स अवधि चैत मसान्तसम्म मात्र बाँकी छ । सो कम्पनीले नेपाल दूरसञ्चार...
काठमाडौं- काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ । कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका...
विराटनगर- यही चैत ९ गतेबाट हुने छैटौँ संस्करणको विराट गोल्डकपमा ८ टिमले सहभागिता जनाउने भएका छन् । विराटनगरस्थि सहिद रंगशालामा चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमले सहभागी जनाउने गोल्डकपका कार्यकारी निर्देशक सुवाशिष कोइरालाले जानकारी दिए । प्रतियोगितामा साविक विजेता एपिएफ क्लबसहित त्रिभुवन आर्मी र नेपाल पुलिसको पनि सहभागिता रहने छ । घरेलु टोलीको रुपमा विराटनगर...
काठमाडौं- नायिक वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको छ। गत वैशाख ९ गते अमेरीका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको दुई महिना अगाडि नै काननूनीरुपमा सम्बन्ध विच्छेद गरेको खुलेको छ। विवाहको केही महिनापछि समाजिक संजालहरुमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो। काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि...

अन्तर्वार्ता

ब्लग