Home Blog Page 94
काठमाडौं- सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार विश्वासको मत दिएका सबै दललाई सरकारमा ल्याउन तीन मन्त्रालय थप्न लागिएको हो । संविधानअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन नपाइने भएकाले संविधानभित्र रहेर मन्त्रालय थप्ने...
काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर साधारण निष्कासन गरेको थियो ।...
काठमाडौं- लाइसेन्स नवीकरणमा चलखेल गरिरहेको स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्सको म्याद सकिन तीन सातामात्रै बाँकी रहेको र लाइसेन्स नवीकरण गर्न सो कम्पनीले चासो नदेखाएकाले ग्राहकको भविष्य अन्योल भएको हो । स्मार्ट टेलिकमको लाइसेन्सको म्याद वैशाख १ गतेसम्म छ ।...
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहको भ्रष्टाचारसम्बन्धी उजुरी बढी पाइएको छ । स्थानीय तहमा कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका अधिकांश उजुरीहरू स्थानीय तहका भ्रष्टाचारसँग सम्बन्धित रहेका छन् । आयोगका अनुसार गत वर्षझै चालू आर्थिक वर्षमा पनि स्थानीय तहमा हुने भ्रष्टाचारको उजुरी...
काठमाडौं - सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट...
काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आवद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न...
काठमाडौं- रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा...
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाइटेक नर्सरी सञ्चालन गर्न भनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको ६६ लाख ५० हजार लिई काम नै नगरी फछ्र्यौट गरेका कारण आयोगले सो मुद्दा दायर...
एजेन्सी- हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ । सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ...
धनगढी- कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...

अन्तर्वार्ता

ब्लग