Home Blog Page 93
काठमाडौं- प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।”...
काठमाडौं- भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ। मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको कार्यकक्षमा बिहीबार चर्को विवाद भएपछि स्थिति तनावपूर्ण भएको स्रोतले जनाएको छ। विवाद मिलाउन मन्त्रालयका सचिव केशव शर्मा नै पोखरेलको कार्यकक्षमा पुग्नुपरेको थियो। नेपाल निजामती कर्मचारी युनियनका...
काठमाडौं- नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्। २९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा गएका छन्। सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको थियो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी पोषराज पोखरेलले नयाँ आइजिपीले आइतबार पदभार सम्हाल्ने जानकारी...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन। सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र...
काठमाडौँ- तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।
काठमाडौँ - सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी फोन नेपाल ल्याउने भएको छ। विश्वव्यापी रुपमा बिक्री सुरु भइसकेका यी फोनहरु कम्पनीले नेपालमा पनि ल्याउने भएको हो। यी फोनमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरु छन्। कम्पनीका अनुसार दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्। ग्यालेक्सी ए३४...
काठमाडौँ - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई...
काठमाडौँ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका...
काठमाडौँ- नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट...
काठमाडौं- अदालतको आदेशबिनै सरकारले अब कानुन बनाएरै व्यक्तिको फोन रेकर्ड गर्नसक्ने व्यवस्था ल्याउन लागेको छ । दुई वर्षअघि मात्रै सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता हक जोखिममा परेको भन्दै तीव्र आलोचना भएपछि सो विधेयक त्यतिकै थाती रहेको थियो । तर, अहिले सरकारले पुनः दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् व्यक्तिको फोन रेकर्ड गर्न सक्नेगरी कानुन ल्याउन...

अन्तर्वार्ता

ब्लग