Home Blog Page 91
एजेन्सी- म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ । सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ । एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको...
काठमाण्डाै - एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरेको हो।मंगलबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको...
काठमाडौं- वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ । नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन...
काठमाडौं- काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ । आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा सर्ने तयारीले धेरैलाई आश्चार्यमा पारेको छ । काठमाडौं महानगर मासिक ६० लाख रूपैयाँ तिर्नेगरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्ने सम्झौता गरेसँगै महानगरभित्रैबाट...
काठमाडौं- एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाहीमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इण्डियाका चालक दललाई...
काठमाडौं- गायक तथा संगीतकार नरहरी प्रेमीले दर्शक तथा श्रोताका लागि प्रेमिल कोशेली प्रस्तुत गरेका छन् । उनले प्रज्ञा अधिकारीको साथमा ‘तिमीलाई हेरेर’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द पुष्पा पौडेलले लेखेकी छिन् भने संगीत गायक स्वयमको रहेको छ । सञ्जय हमालले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् । राजकुमारको...
काठमाडौँ = नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७...
काठमाडौं - साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बंगलादेशबीच खेल हुँदैछ । यी दुई टोलीबीचको खेल ढाकास्थित बीएस एसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे हुनेछ । नेपाल बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने तेस्रो जितको खोजीमा हुनेछ । नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ...
काठमाडौं- कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक ताकेता गर्दा पनि...

अन्तर्वार्ता

ब्लग