Home Blog Page 90
काठमाडौं - २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएको छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईको परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईको परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ।...
काठमाडौं- जन्मदिन प्राय सबैको बिशेष हुने गर्छ , आफ्नो जन्मदिनको बिशेष अवसर पारेर प्राय मान्छेहरु रमाउन चाहान्छन्। रमाउने अनेकथरी बाहना हुन्छन् , कोहि साथि-भाइ भेला पारेर रमाउन चाहान्छन् त कोहि सेवा गरेर रमाउन चाहान्छन् अर्थात अरुको खुशीमा रमाउन चाहान्छन् अरुकै ओँठले मुस्कुराउन चाहान्छन्। यस्तै एउटा पुण्यको काम गरेकी छिन् गीतकार पुजा ठकुरीले ,...
एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ ।लगभग एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर उड्छ । एक लिटर पानी छालाबाट पसिना भएर बाहिर निस्कन्छ । एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिर जान्छ ।
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन् । उनी आजै जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् । आगामी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने...
काठमाडौं- सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउनेगरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक...
काभ्रेपलाञ्चोक- प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् । नौ जना विद्यार्थीको समूहमा...
स्याङ्जा- कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिएकी छन् । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिएकी हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म...
काठमाडौं- मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादले नयाँ मोड लिएको छ । नियमक निकाय नेपाल दू्रसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई ‘टेक ओभर’ गर्न समिति गठन गरेसँगै घटनाले नयाँ मोड लिएको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई ‘टेक ओभर’ गर्न आफ्ना बोर्ड सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिका बाँकी सदस्य र...
काठमाडौं- तराईका विभिन्न जिल्लाका मिटर ब्याजपीडित नागरिकहरू न्यायका लागि ११ दिन पैदल हिँडेर काठमाडौ आइपुगेपछि संघीय सरकारको ध्यानाकर्षण गराउन खोजेका छन् । राजधानी आएका पीडितहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सरकारमाथि दबाब बढाउने कोसिस गरेका छन् । आन्दोलनमा उत्रिएका पीडितहरूलाई सरकारले भने अहिलेसम्म उचित सम्बोधन गर्न सकेको छैन । सरकारले कानुन संशोधन गरेर पीडितको माग पूरा गराउने आश्वासन...
काठमाडौं- ताप्लेजुङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । मंगलबार राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

अन्तर्वार्ता

ब्लग