Home Blog Page 89
काठमाडौं- श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले बताए। श्रम,...
काठमाण्डाै- इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको...
काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो । यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । यस वर्षको एसईई परीक्षामा सहभागि हुन...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत चैत्र ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरुबीचमा लामो छलफल पछि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मन्त्रिपरिषद् .विस्तारको छलफलका लागि प्रधानमन्त्री प्रचण्ड आज राष्ट्रपति निवास पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा...
तुलसीपुर- दाङको टरिगाउँबाट काठमाडौंका लागि उडेको सीता एयरले नेपालगन्जमा लगेर यात्रुलाई अलपत्र पारेको छ । बिहान ११ बजे टरिगाउँ एयरपोर्टबाट काठमाडौंका लागि उडान भरेको सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो । विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको नेतृत्वमा ११ पुसमा पहिलोपटक मन्त्रिपरिषद् गठन भएको थियो । त्यसबेला नेकपा एमालेसँग नेकपा माओवादी केन्द्रको सत्ता सहकार्य थियो । ११ पुसमा प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा एमालेबाट विष्णु...
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ कायम गरेको हो। बुधबार प्रति तोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी...
काठमाडौं - चीन रसुवागढी-केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि नाका दुईतर्फी सञ्चालन गर्न सहमत भएको हो। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नाकाबाट निकास र प्रवेशद्वार सहज बनाई दुईतर्फी व्यापार तथा जनस्तरको आवत जावत पनि खुलाउन चीन सहमत भएको जनाएको हो।...
काठमाण्डौ- कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो महिनाको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । धेरैजसो अझै परीक्षण भन्दा बाहिर रहेकाले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने आकलन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेसँगै...

अन्तर्वार्ता

ब्लग