Home Blog Page 7
काठमाडौं- भिजन लुम्बिनी उर्जा कम्पनीको आईपिओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज (मंगलबार) बिहान ९ बजे आईपिओ बाँडफाँड गरेको हो । आईपीओका लागि आवेदन दिएकामध्ये दुई लाख सात हजार पाँच सय २५ जनाले शेयर हात पारेका छन् । शेयर पाएको आवेदकमध्येृ पाँच जनाले ११ कित्ता पाएका छन् भने अन्य सबैले गोलाप्रथाको...
पोखरा- पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् र श्रीमतीको ज्यान गएकाे छ । पोखरा महानगरपालिका–२९ पटनेरीमा रहेकाे खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भइ अहिले पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उहाँकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमवार ज्यान गएकाे प्रहरीले जनाएको छ ।
काठमाडौं- नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आज आयोजित अवार्ड समारोहमा...
एजेन्सी- संयुक्त राष्ट्रसंघले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियसले बढ्ने जनाएको छ । विश्वका विभिन्न मुलुकको हरितगृह ग्यास कटौती गर्ने प्रतिवद्धताका बावजुद पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डो-याएका कारण पृथ्वीको तापक्रम बढ्ने राष्ट्रसंघको प्रक्षेपण छ । दुबईमा कोप–२८ जलवायु वार्ताको ठीक अघि राष्ट्र संघ पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी...
काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार...
काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढेर एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका...
जाजरकोट- नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ। प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको...
एजेन्सी- प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण मात्रै बाँकी रहेकाे बताउनुभएको एएफपीले जनाएको छ। युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा अल थानीले...
काठमाडौं- श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए । बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ दुई पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको...

अन्तर्वार्ता

ब्लग