Home Blog Page 66
काठमाडौं- दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको हो । प्रहरीका अनुसार चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले बताए । अहिले...
काठमाडौं- युक्रेनविरुद्ध परिचालित रुसको निजी सैन्य समूह वागनर समूहले रुसको महत्वपूर्ण सहर रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ । वागनरको पछिल्लो गतिविधिले रुसी सैन्य संरचनामा संकट उत्पन्न भएको छ भने कतिपयले सैन्य ‘कू’को संकेत भन्दै टिप्पणी गरेका छन् । उक्त भाडाका सैनिकहरूको समूहका प्रमुख एगबेनी प्रिगोझिनले हालै रुसी सेनाविरुद्ध दिएको अभिव्यक्तिले नयाँ तरंग पैदा गरिदिएको छ ।...
ढोरपाटन- बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विकको घटनास्थलमै मृत्यु भएको हो। घाइते दुई जनालाई उपचारका...
काठमाडौं- आज देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। ७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार...
काठमाण्डौ- सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो बिहीवार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५...
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो । बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका...
काठमाडौं- लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५...
काठमाडौं- धेरै मानिस रक्सी पिउन मन पराउँछन्। रक्सीमा प्रायजसो मानिसहरू चिसो पानी वा बरफ हालेर पिउन मन पराउँछन्। यहाँहरूले देख्नु भएकै होला, पानीलाई केही समय फ्रिजमा राखियो भने त्यो बरफ बन्छ। के कहिल्यै सोच्नुभएको छ कि फ्रिजमा राख्दा रक्सी किन जम्दैन? यति मात्र होइन, यसलाई डिप फ्रिजमा राख्दा पनि किन जम्दैन। प्रत्येक तरल पदार्थको आन्तरिक ऊर्जा हुन्छ,...
काठमाडौं- आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर(सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, ‘यही बर्खामा काम नसके ठेकेदारको हिसाब विग्रन्छ ।’
दमक- जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको...

अन्तर्वार्ता

ब्लग