Home Blog Page 63
काठमाडौं- विद्यालय व्यवस्थापन समीतिले छनोट गर्दै आएको कक्षा ११ को छात्रावृत्ति शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिकाले छनोट गर्ने भएको छ। हाल कक्षा ११ को छात्रावृत्ति विद्यालय व्यवस्थापन समितिले छनोट गर्दा पारदर्शी नभएको भन्दै अगामी शैक्षिक सत्रदेखि कक्षा ११ को छात्रावृत्ति छनोट कार्य महानगरपालिका आफैंले गर्न अग्रसरता देखाएको हो। माध्यमिक शिक्षा परीक्षा कक्षा १०...
काठमाडौं- निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ। आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्ने गरी...
अमेरिकाले प्रयोगशालामा बनाएको कुखुराको मासुलाई बिक्रीको अनुमति दिएको छ । नियामक निकाय कृषि विभागले अपसाइड फुड्स र गुड मिट कम्पनीलाई प्रयोगशालामा तयार भएको मासु बिक्रीको अनुमति दिएको समाचारसंस्था एपीले जनाएको छ l खाद्य तथा औषधि प्रशासनले गएको नोभेम्बरमै प्रयोगको अनुमति दिएको थियो । कृषि विभागको अनुमतिपछि व्यावसायिक उत्पादन गर्न पाइन्छ । प्रयोगशालामा बनेर खाने बेलासम्म आइपुग्दा यस्तो...
काठमाडौं- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको ज्यान गएको छ। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए। पहिरोमा परि...
काठमाडौँ- नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । सोमबार साँझ बसेको...
काठमाडौं- नेपालले एसीसी अण्डर १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया १४.५ ओभरमा ३१ रन बनाउँदा अलआउट भएको हो । मलेसियाका लागि मुहम्मद अकरमले १० रन बनाउन सके । उनीबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी...
बैतडी- पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै...
काठमाडौं- नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा...

अन्तर्वार्ता

ब्लग