Home Blog Page 6
काठमाडौं- चन्द्रागिरि नगरपालिका वडा ७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा...
काठमाण्डौ- बिशेष गरेर लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट ख्याती कमाएका लोकप्रिय सर्जक गणेश चौलागाईंले भर्खरै मात्र एउटा आधुनिक गीत सार्बजनिक गरेका छन् । उक्त गीत “दुश्मन खुसि” बोलको रहेको छ । स्थायी घर दैलेख भएर हाल रोजगारीको शिलसिलामा प्रबास रहेका उनले हाल सम्म दर्जनौं गीत लेखेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा रहेको छ...
एजेन्सी- जाडोमा छाला धेरै सुख्खा हुन्छ । चिसो हावाले छालाको आर्द्रता कम गर्छ, जसले छालालाई सुख्खा र निर्जीव देखिन्छ। यसबाहेक शारीरिक स्वास्थ्य, महिनावारी, वंशाणुगत समस्याका कारण पनि छाला सुख्खा हुन सक्छ। सुख्खापनका कारण छालामा धेरै चिलाउने र चाउरी पर्न थाल्छ । सुख्खा छाला भएका मानिसहरूलाई पनि ब्रेकआउट र डण्डीफोरको बढी खतरा हुन्छ। त्यसैले जाडोमा यदि तपाई पनि...
काठमाडौं- नागढुङ्‍गामा निर्माणाधीन नागढुङ्‍गा सुरूङ (टनेल) अब ‘ब्रेक थ्रु’को चरणमा प्रवेश गरेको छ । आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब २००.६० मिटर मात्र खन्न बाँकी रहेको छ । यहाँ कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । जसमध्ये २ हजार ४८७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेले पुनः चलचित्र निर्माण गर्ने भएका छन् ।उनको प्रस्तुती तथा सम्राट बस्नेतको निर्देशनमा चलचित्र कंगारुको घोषणा गरिएको छ । मनाङेले निर्माण गर्न लागेको उक्त चलचित्र थ्रिलर, कमेडी र सस्पेनस जनरामा निर्माण हुने बताईएको छ । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप...
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते काठमाडौंमा आयोजना गर्ने प्रर्दशनमा सहभागी हुन उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यराति होटलबाट लखेटेको भिडियो समाजिक सञ्जालमा भाईरल भइरहेको छ । सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियोमा देख्न सकिन्छ । ‘तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरु ?’...
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहले भोलि (मंसिर ७ गते) आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रर्दशनमा हुन सक्ने घुसपैठलाई नियन्त्रणमा लिन प्रहरीले राजधानीको विभिन्न शंकास्पद् ठाउँमा गस्ती, निगरानी तथा सुरक्षा चेकजाँच बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब...
काठमाडौं- सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो । कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ पाँच पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ एक पैसा रहेको छ । बेलायती पाउण्ड एकको...

अन्तर्वार्ता

ब्लग