Home Blog Page 59
काठमाडौं- स्थापना कालको १ सय ७० वर्षपछि दरबार हाई स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी गरेको छ। नेपालको जेठो स्कुलले २०८० साल साउनदेखि कक्षा ११ को पठनपाठन सञ्चालन अनुमति पाएलगत्तै विद्यार्थीमा उत्साह छाएको छ। यसपटक स्कुलले व्यवस्थापन विषय अध्ययन गराउने तयारी गरेको स्कुलकी प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिइन्। २०७२...
काठमाडौं- अनुचित लेनदेन कारोबारी (मिटरब्याजी)को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १८ हजार ९१ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ५१ उजुरी परेको पाइएको हो । नेपाल सरकारले मिटरब्याजीको वास्तविकता पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर...
काठमाडौं- वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन १ गतेदेखि वीर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको जानकारी दिए । उनले यसबाट बिरामीलाई धेरै राहत हुने बताए। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई...
काठमाडौं- संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि स्थानीय तहले ल्याएको बजेटमा धेरैजसोले चालूभन्दा पूँजीगत शीर्षकमा बढी रकम विनियोजन गरेका छन् । चालू शीर्षकको बजेट धेरैजसो प्रशासनिक खर्च, तलब, भत्ता, गाडी किन्नेलगायत काममा खर्च हुन्छ ।
काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ । काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु...
काठमाडौं- २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा विस्तृत छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिलाई छानबिन नटुंगाई मिलेमतो गरी उन्मुक्ति दिइएको छ । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सले २५ करोडभन्दा बढी राजस्व छली गरेको प्रशस्त आधारहरु हुँदाहुँदै ३२ लाख मात्रै तिराएर हतारहतारमा उन्मुक्ति दिएको हो । तर विभागले उन्मुक्ति दिने गरी गरेको निर्णय भने गोप्य राख्दै...
बैतडी- बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा भएको हो। दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको र अन्य ३९ जना घाइते भएको...
काठमाडौँ- राष्ट्रियसभाको बैठक सरेकाे छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्न लागेकाे उक्त बैठक भाेली मंगलबार बिहान ११ः०० बजेसम्मका लागि सरेकाे हाे। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार शुक्रबारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएकाे थियाे। जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय,...
काठमाडौं- तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ...
काठमाण्डाै- काठमाण्डाै महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्स पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

अन्तर्वार्ता

ब्लग