Home Blog Page 57
पोखरा- आदिकवि भानुभक्त आचार्यको जयन्तीका अवसरमा (भोलि) सरकारले सार्बजनिक बिदा दिने भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट जारी सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा ‘गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार...
काठमाडौं- काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा भलतचबलअभ.पबतजmबलमग.नयख.लउ मा आवेदन पेस गर्नुपर्र्नेछ ।विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक...
काठमाडौँ- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
काठमाडौं- राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग...
काठमाडौँ- अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको...
काठमाण्डौ- नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ स्थिर रहेको थियो।...
हुम्ला- सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ। नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता रहेको मोटरसाइकल चालक नन्द सिंहले बताए। उनले...
काठमाडौं- हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्। त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्। भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको छ। जस परम्पराअन्तर्गत महिलाले वर्षमा ५ दिनसम्म लुगा लगाउँदैनन्।
नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ ।...
एजेन्सी- उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रहार गरेको पत्ता लगाएका हुन् । आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको विरोधमा बदला लिने धम्की दिएपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो। कोरियाली प्रायद्वीपनजिकैको पानीमा आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने संयुक्त राज्य अमेरिकाको...

अन्तर्वार्ता

ब्लग