Home Blog Page 54
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर श्रेष्ठलाई नियुक्त गरिएको हो । सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना...
काठमाण्डाै- निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिबानासहित कारबाही गर्ने भएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नेपाल सुशासन पार्टीलाई जरिबाना तोकेको हो ।त्यस्तै आयाेगले समयमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न भन्दै नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई...
मस्को- रुसले आफुहरुमाथी फोनमार्फत जासुसी गरेको भन्दै अमेरीकाद्वारा उत्पादीत आइफोन प्रयोग गर्न प्रतिबन्ध लागाएको छ । आफुहरु माथी निगरानी गरेको दावी गर्दै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ...
काठमाडौं- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । साथै थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण...
काठमाडौं- गत आर्थिक वर्ष (२०७९/८० मा ४२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७८/७९ मा २८ कम्पनीले मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाएका थिए । गत आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये अधिकांशले आईपीओ निष्कासन गरिसकेका...
काठमाडौंं- देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् । सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको...
काठमाडौंं- सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोज्दै छन् । प्रधानन्यायाधीश कार्कीले आइतबार मात्रै सञ्चारकर्मीसँग कुरा गर्दै तीनै तहका अदालतमा रिक्त न्यायाधीश दरबन्दी पूर्ति गर्ने तयारीमा रहेको बताए...
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वडादेखि प्रदेशसम्मको पार्टी नेतृत्वमा जनप्रतिनिधिलाई बन्देज लगाउने भएको छ । अध्यक्ष, सचिवजस्ता पार्टीको प्रमुख कार्यकारी पदमा जननिर्वाचितलाई बन्देज लगाउने विषयमा घनिभूत छलफल भए पनि निर्णय हुन भने बाँकी छ । कार्यकारी पदमा दोहोरो जिम्मेवारी पाउँदा धेरैजसो नेता कार्यकर्ताले पद ‘होल्ड’ मात्र गरेको र अपेक्षित ढंगले पार्टी र सरकारको काम...
काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक, निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हबलदार, हबलदार र सहायक हबलदार पदमा बढुवाका लागि आइतबार...
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो । मन्त्री मोदीले आफ्ना...

अन्तर्वार्ता

ब्लग