Home Blog Page 52
काठमाडौं- लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । हाल...
काठमाण्डौ- यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परेको छ । मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि...
पोखरा- कास्कीमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस गरेका केही पोखरेलीहरु घरबाहिर समेत निस्किएका थिए । भूकम्पबाट सम्भावित क्षतिको विवरण...
गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ ।अधिकांश मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। यस मौसममा यी चीजहरू खाएर तपाईं के स्वस्थ हुनुहुनेछ, यसबारेमा जान्नुहोस् ।टमाटरटमाटरमा एन्टीआक्सीडन्ट र भिटामिन सी प्रशस्त हुन्छ। तिनीहरूमा...
काठमाडौं- काठमाडौं महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सो ऐन आजदेखि कार्यान्वयनमा आएको छ...
काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका...
हेटौडा- पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर...
काठमाडौं- सरकारलाई गएको आर्थिक वर्षमा करिब ४ खर्ब रुपियाँ बजेट घाटा भएको छ । लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपियाँ बजेट घाटा भएको हो । दुईपटक बजेट संशोधन गर्दा पनि सरकारले लक्ष्य भेट्टाउन असफल भएको छ । गएको आर्थिक...
काठमाडौं- नीति र थितिबिनाको कांग्रेस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ । नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण भुक्तानी बन्द...
काठमाडौं- उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको काठमाडौं महानगरपालिकाले सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ । फोहोरमैला अति प्रभावित स्थानीय जनताको आन्दोलनका कारण हिजो सोमबारबाट फोहोर विसर्जन हुन नसकेपछि जनताको पक्षमा बोल्दै कामपाले सो धारणा राखेको हो । कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा विगतमा भएको...

अन्तर्वार्ता

ब्लग