Home Blog Page 48
काठमाडौं- म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो । ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको छ।
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।
काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ भने...
काठमाडौं- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको पदबहाली गर्न विराटनगर पुगेकामा मुख्यमन्त्री कार्यालयले बेवास्ता गर्दै गाडी नपठाएपछि विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्। यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए। हिजोसम्म काठमाडौंमा रहेका कार्की शुक्रबार बिहान ९ बजे जहाजबाट विराटनगर पुगेका थिए।
काठमाडौं - राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । “हेर्दा धेरै कार्टुनहरू खोलिएको...
काठमाडौँ - काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको हो । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर...
काठमाडौं- मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार महिनादिन नपुग्दै पुनः नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने सर्वाेच्चले अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले अबको ७ दिन अर्थात साउन १७ गतेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो ।
काठमाडौं- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर...
काठमाडौँ - हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई...
काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसामा कारोबार भईरहेको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ। आइतबार पाउण्ड एकको खरिदमा भने १६८ रूपैयाँ ०३ पैसा...

अन्तर्वार्ता

ब्लग