Home Blog Page 42
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेकोछ । त्यसैगरी,...
बैतडी- महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको...
कपिलवस्तु- कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा एकै परिवारका दुई दाजुभाइ मृतअवस्थामा फेला परेका छन् । मङ्गलवारदेखी हराएका वर्ष ५ का जुम्ल्याहा दाजुभाइ राजन यादव र साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको ईप्रका कृष्णनगरले जनाएको छ । प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान...
काठमाडौं- नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। आज एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमले सूचनामा उल्लेख गरेको छ । टेलिकमले सिरियल...
काठमाडौं- सलमान खान अभिनित हिन्दी फिल्म ‘बॉडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको निधन भएको छ । ६३ वर्षीय सिद्दिकीको हृदयघातका कारण मंगलबार निधन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघात भएको भएर कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि...
काठमाडौं- संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।
काठमाण्डौ- आँखा पाक्ने समस्या बढ्दै गएपछि कास्कीको पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी आजदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुुभयो ।
काठमाडौँ- हुन्डाईले क्रेटा र अल्काजारको एड्भेन्चर एडिशन भारतीय बजारमा लन्च गरिएको छ । सो दुवै कार निकै आकर्षक पेन्टको विकल्प र इन्टेरियर डिजाइनसहित लन्च गरेको छ। हुन्डाई अल्काजर र क्रेटा एडभेन्चर एडिसनमा नयाँ खाकी रङमा ल्याएको छ। साथै ग्रिल, स्किड प्लेट, साइड सिल्स, रूफ रेल, शार्क फिन एन्टेना, ओआरवीएम र अलोय ह्विलमा कालो रङको एलिमेन्ट रहेको छ।...
काठमाडौं- नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार(आज) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा...
काठमाडौँ- हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन। यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो। यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो। तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका...

अन्तर्वार्ता

ब्लग