Home Blog Page 39
काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेको छ । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ ।कम्पनीले खुला गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
एजेन्सी- सोसल मिडिया प्लाटर्फम एक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्कले गत अगष्ट ११ मा एक पोस्ट गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गसँगको कुस्ती इटालीमा हुने जानकारी गराए । आफूले जुकरबर्गसँगको केज फाइटका विषयमा इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र संस्कृति मन्त्री गेनारो सांगिउलियानोसँग कुरा गरिसकेको पनि मस्कले दाबी गरे ।मस्कका अनुसार प्रविधि क्षेत्रका यी दुई...
एजेन्सी- बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ...
काठमाडौं- कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै हुँदैन। यसमा राजनीतिक नेतृत्व कति...
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले मुलुकमा आफ्नो पार्टीको सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताएका छन् ।‘तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराभन्दा पनि हामीले गठबन्धन टिकोस् भन्ने नै चाहेका छौं । तर उसका गतिविधिले हामीलाई झस्काएको छ । संसदीय दलको जारी बैठकमा सरकारमा भएको अनुभूति भएन भन्ने आवाज सांसद साथीहरुले उठाइरहनुभएको छ,’ नेपाली...
काठमाडौं- बङ्लादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात जना प्रक्राउ परेका छन् । बङ्लादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्लादेशी र नेपाली गरी सात जनालाई । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै कार्यालयले...
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताए। उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे। ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो...
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले गत शुक्रबारदेखि सिम्रिकका हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध आइतबारदेखि फुकुवा गरेको हो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले सिम्रिक एयरले तिर्नुपर्ने बक्यौता नतिरेको र बैंक तथा वित्तीय संस्थाहरूमा तिर्नुपर्ने दायित्व निकै देखिएकाले उडानमा रोक लगाएको थियो । विमानस्थल...
विराटनगर - कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्। प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा सुनसरी वराहक्षेत्र नगरपालिका– ३ का कटुवाललाई नियुक्त गरिएको हो। नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा...
काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले देशका प्रमुख हतियार उत्पादकहरुलाई उत्पादनमा भारी मात्रामा वृद्धि गर्न निर्देशन दिएका छन्। अल जजिराका अनुसार हिजो विभिन्न हतियार उत्पादन संयन्त्रको भ्रमण गरी किमले मिसाइल, रकेट, रकेट लञ्चर तथा गोलाबारुद्धको उत्पादन बढाउन निर्देशन दिएका हुन्। गत हप्ता मात्रै किमले विभिन्न हतियार कारखानाको भ्रमण गरेर उत्पादन वृद्धिको निर्देशन दिएका...

अन्तर्वार्ता

ब्लग