Home Blog Page 38
काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्तरप्रदेश चल्ने सार्वजानिक यातायातको भाडा बढेको छ।नेपाल आयल निगमले मंगलबारदेखि डिजेलको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले बुधबारबाटै लागु हुने गरी सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। विभागले बुधबारदेखि नै लागु हुने गरी यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशतले भाडा वृद्धि...
दाङ- दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो । मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो। ग्रीसको एथेन्समा भएको खेलमा निर्धारित समय दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो। टाइब्रेकरमा सिटीका सबै ५ खेलाडीले गोल गर्दा सेभियाका नेमान्जा गुडेल्जको अन्तिम प्रहार...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र र पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १६४.५ भएको छ। इन्डियन आयल कार्पोरेशनबाट...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद...
काठमाडौँ- भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार हायात ग्राउन्ड चाबहिलमा आयोजना हुने तय भएको छ। आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । भारतीय...
काठमाडौँ- नेवा: समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना बिहीबारदेखि सुरु भएको हो । नेवा: समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरूले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर...
काठमाडौं- नेकपा (एमाले)ले पार्टीका कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी दिएका छन् । ओलीले अब अनुहार नै छोपिने गरी खादामाला र कोटभन्दा ठुला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने बताएका छन् । फेसबुक, ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई...
काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि...
बझाङ- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार मध्यरात १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प गएको हो।

अन्तर्वार्ता

ब्लग