Home Blog Page 325
काठमाडौं - काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी...
काठमाडौं  - नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य...
बोमबहादुर घर्ति मगरको लय तथा शब्द सृजनामा रहेको मौलिक सालैजो गीत ''हेर्दा राम्रो तम्घास बजार'' प्रसन्न क्रिएसनको प्रस्तुतिमा विन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत प्रकाशनमा आएको छ । बोमबहादुर घर्ति मगर र रजनी खड्काको आवाजमा सजिएको उक्त गीतको संगीत संयोजन सागर बिरहीले गरेका हुन् भने गीतको भिडियोलाई बिष्णु भट्टराइले निर्देशन गरेका हुन् र सम्पादन...
काठमाडौँ- नेपाली गीत संगीतको क्षेत्रमा दिन प्रतिदिन नया नया गीत हरु प्रकाशन भैरहेका छन् । यसै भिडमा विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत फूल फुल्यो बासना चल्यो बोलको लोकदोहोरी गीत पनि प्रकाशनमा आएको छ । लोकप्रिय गायिका राधिका हमाल र गायक सुमन न्यौपानेको आवाजमा सजिएको उक्त गीतमा लय तथा शब्द पनि सुमन न्यौपानेकी रहेको छ...
महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका बताए अनुसार जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि बुधबार राति ७ बजे गोली प्रहार भएको हो । छातिमा लागेको गोली प्रहारबाट किशोर कापर...
काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले बिहीबार उनलाई १०००० नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको समेत गृहमन्त्रालयले जनाएको छ ।
एजेन्सी- ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका छन् । बिभिन्न अन्तराष्ट्रिय मिडियाहरुले जनाए अनुसार सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न...
गुल्मी - तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा झण्डै एक दशकपछि दोस्रो रुरु महोत्सव हुने भएको छ । पहिलो रूरू महोत्सव २०६२ सालमा आयोजना गरिएको थियो । रुरु क्षेत्र गाउँपालिका-१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखा र रुरु फ्रेन्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म रुरु महोत्सव हुने भएको...
काठमाडौं - सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको छ । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन पाएन’, उनले एक...
काठमाडौँ - जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने भएको छ। यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाका अनुसार यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र...

अन्तर्वार्ता

ब्लग