Home Blog Page 321
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाए अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम भने गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेकपा अध्यक्ष समेत रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबारनै अस्पताल भर्ना हुने बताइएको छ। ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै...
काठमाण्डौ –  गायक तुलसी सिवाकोटीको नयाँ गीत 'भन्देउ मायाले'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत अनि संगीत संयोजन रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । फ्युचर...
काठमाण्डौ - प्रथम गुल्मी तारा, गायक बिशाल श्रेष्ठ यतिखेर आफ्नो, करिब एकदशक अघिको गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । एक दशक अघि श्रेष्ठलाई प्रथम गुल्मी तारा कार्यक्रममा बिजेता घोषित भएबापत नगद,पुरस्कार र एउटा एल्बममा लगानी आयोजक टीम गुल्मी उद्योग बाणिज्य संघले गरेको थियो । सोहि एल्बममा समाबेस गीत हो यो। यस एल्बमका गीतहरु त्यो समयमा...
स्याङ्जा - स्याङ्जास्थित भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका ३५ वर्षीया फ्रान्सेली नागरिक साइमन हेन्री बोरेली घाइते भएका छन् । वालिङ नगरपालिका–११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा उनि घाइते भएका हुन् । घाइतेलाई उद्धार गरी फिस्टेल एयरको हेलिकप्टरद्वारा उपचारको लागि काठमाडौं पठाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेको अवस्था सामान्य रहेको...
काठमाडौं - बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारी’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री...
काठमाडौं- गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ युट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ । गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । प्रमोद के भण्डारीको कोरियोग्राफी...
क्‍वालालम्पुर- मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार अचानक राजीनामा दिएका छन् । सोमबार उनले मलेसियाका राजासमक्ष राजीनामा बुझाएको मलेसियाली सञ्‍चारमाध्यम हरुले जनाएका छन् । ९४ वर्षीय महाथिरले नयाँ गठबन्धनको सरकार बनाउन चाहेको र अनवर इब्राहिमलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नका लागि पनि राजीनामा दिएको बिभिन्न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् । विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीका रुपमा महाथिर मोहम्मद सन् २०१८ को...
सिन्धुली - एक वृद्धलाई ठक्कर दिएर भागेको गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरिएको छ । सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बाटाेमा रोकिएका छन् । कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल सिन्धुली जाँदै थिए। उनी अहिले सुनकोशी गाउँपालिका स्थित मूलकोटमा रोकिएका छन्। करिब डेढ घण्टा...
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज २ दिने भारत भ्रमणको लागि आउँदैछन् । उनी अहमदाबादको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनी अमेरिकाबाट उडिसकेका छन् । पहिलो पट भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतको लागि पूरै अहमदाबाद शहरलाई सजाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको स्वागतको लागि अहमदाबाद पुगिसकेको भारतीय मिडियाहरुले बताएका छन् । ट्रम्पले आकाशबाटै हिन्दीमा...

अन्तर्वार्ता

ब्लग