Home Blog Page 319
सप्तरी - सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिने भएको छ । दिल्लीबाट फर्किएका दुई जना जमातीको र्‍यापिड टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो ।
काठमाडौं - सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएका थिए । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन् । घिमिरेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष...
काठमाडौं- भारतमा वैशाख २१ गते (३ मे) सम्मका लागि फेरि लकडाउनको समय थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिएको बताएका छन् । मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा...
काठमाडौं - -यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । २८ दिनअघि उनिहरु बेलायतबाट फर्किएको बताइएको छ् । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि उनिहरुलाइ पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु...
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीले जनाए अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १०...
नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो। कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन । बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको समेत जनाइएको छ। अत्यावश्यक सामग्री आयात गर्न नाका...
अछाम - घाँस काट्ने क्रममा भिरबाट लडेर अछाममा एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ लाक्षिमानाकी ४० वर्षीय कौशी विकको बिहीबार बिहान भिरबाट खसेर मृत्यु भएको हो स्थानीय कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५०० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य...
काठमाडौं - सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उनीहरुलाई ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा जरिवाना गराइएको हो । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले...
पोखरा - कोरोना सन्त्रासका बेला मध्यरातमा ट्रान्सपार्टीमा संलग्न २५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पोखराको लकेसाइडमा पर्ने पामे क्षेत्रबाट मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई राति जंगलबाट नियन्त्रणमा लिएको हो । उनीहरुले गाडी नजाने ठाउँ पामे क्षेत्रभन्दा माथि जंगलभित्र भेला भएर पार्टी गरेका...

अन्तर्वार्ता

ब्लग