Home Blog Page 310
काठमाडौं - प्रधानमन्त्रि केपी शर्मा ओलीले आफ्नो सरकारले देशैभरिबाट तुइन विस्थापित गर्न सफल भएको भन्ने कुरा बारम्बार गर्ने गरेका छन् तर मंगलबार हेटौंडामा तुइनबाटै खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट...
काठमाडौं - बुधबारबाट नियमित रुपमा मादक पदार्थ सेवन जाँच सुरु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ। कोरोना महामारीका कारण उक्त जाँच केहि महिना रोकिएको थियो। महाशाखाले ‘सावधानी अपनाउँदै जाँच गर्ने,र मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्ने बताएको छ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने महाशाखाले बताएको छ ।
लमजुङ - लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो गएको हो। प्रहरीका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए र हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले बताएको छ । ...
काठमाडौं - कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएको भन्दै भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ दिएको छ । तर फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको समेत डब्ल्यूएचओले बताएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै उनले यो सकारात्मक परिणाम रहेको...
विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोना भाइरसको फैलावटलाई लिएर एक चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘अफ्रिका कोरोना भाइरस चरम स्थितिमा पुग्न लागेको अवस्थामा वर्तमान तथ्यांकहरु भन्दा धेरै खराब हुने सम्भावना छ ।’विश्व स्वास्थ्य संगठनको आपतकालीन विभाग प्रमुख माइकल रायनले भने,’म धेरै चिन्तित छु। यो रोग अफ्रिकामा द्रुत गतिमा फैलिरहेको पाइएको छ ।’ अहिले सम्म...
काठमाडौं - काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
काठमाडौं - सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मिनेट बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण एकहप्ताका लागि स्थगित गरिएको नेताहरुले बताएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। सोमबारदेखि जारी...
काठमाडौं - मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण देशका अधिकांश भूभागमा बिहीबारसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश २, ५, गण्डकी र बागमति प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । प्रदेश नम्बर...
काठमाडौं - पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो...
काठमाडौं - पहिरोमा पुरिएर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

अन्तर्वार्ता

ब्लग