Home Blog Page 309
काठमाडौं - अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटको बेलकोटगढी नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको हो । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।
पर्सा - कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले अकास्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले पर्सामा रहेका अस्पतालहरू अकास्मिक बाहेकका सेवा आज (शुक्रबार) विहानदेखि बन्द गर्ने निर्णय गरेकोे बताइएको छ । कोरोना रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गाइडलाइनलाई पूर्ण पालना गरेर मात्र अकस्मिक सेवाहरू...
काठमाडौं – सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। मस्तै मस्तै बोलको गीतमा कृष्ण केसीको शब्द र सुवास भुषालको संगीत रहेको छ। गीतको भिडियोमा स्वस्तिमा खड्का र रन्जित पौडेलको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका...
काठमाडौं - लोकप्रिय गीतकार एबम संगीतकार श्रीकृष्ण बम मल्लले तीज गीत संग्रह बजारमा ल्याएका छन् । तीज लक्षित गरेर संगीतकार श्रीकृष्ण बम मल्लको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । पारिवारकीक कथामा आधारीत ‘आमाले नदुखाउनु मन’ बोलको गीत मंगलबार युट्युबमार्फत बजारमा आएको हो । कोरोनाले नेपाली समुदायमा पारेको प्रभाव र विदेशमा रहेकाहरु संक्रमित भएर मृत्यु...
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो। कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको...
काठमाडौं - पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनमा जाने बताएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाँदैछन...
उदयपुर - उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्। ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार !’
काठमाडौँ - पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला आज बिहान ११ : ५० बजे जेलमुक्त भएका छन् । जेलमुक्त भए लगतै उनि आफ्नो निजी कारमा बाहिरिएका हुन् । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो । कोइराला पत्नी...
भारतको पुणेका एक व्यक्तिले सुनको मास्क बनाएर लगाउन थालेका छन् । विश्वमा कोरोनाका कारण सबैले कपडा वा सर्जिकल मास्क लगाइरहेका बेला उनले भने सुनको मास्क लगाएका छन् । पुणेमा बस्ने शंकर कुराडेले करिब ३ लाख रुपैयाँ खर्चेर सुनको मास्क बनाएका हुन् । यसअघि भारतकै महाराष्ट्रस्थित कोल्हापुरको एक व्यक्तिले चाँदीको मास्क बनाएर लगाएको समाचार बाहिर आएको थियो । शंकरले...
काठमाडौं - कोरोनाभाइरसबाट नेपालमा एकजना विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको बताइएको छ । उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। कोरोनाका कारण नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो। हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि...

अन्तर्वार्ता

ब्लग