Home Blog Page 308
बुटवल - नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक भैरहेका यसैक्रममा गायिका दुर्गा नेपालको तीजगीत 'कति राम्री' सार्वजनिक भएको छ । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ छाइरहेकी गायिका नेपाललाइ तीजगीत 'कति राम्री' को स्वरमा गायक डिल्लिनारायण पाण्डेले साथ दिएका छन्। ...
काठमाडौं - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र आफ्नो भएको दाबी दोहोर्याउँदै नेपालीलाई प्रवेशमै निषेध गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश अवैध रहेको समेत जनाएको छ । ‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार...
काठमाडौं - नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको । मन्त्रालयका नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १८ हजार ६१३ पुगेको छ। जसमध्ये १३ हजार १२८ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा भने ७५ जना निको भएर घर फर्किएका छन्।
विराटनगर - प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ। प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलका अनुसार कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना...
काठमाडौं - सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर,...
काठमाडौं- पैसा बाजी राखेर लुडो खेलेको आरोपमा प्रहरीले काठमाडौं-१४ स्थित, सुनारगाउँबाट ७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट केहि पैसा पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी...
काठमाडौं - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको बताएका छन। चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट...
काठमाडौं – ''नाच्ने बुढो चाहियो'' बोलको तीज गीत गाएर चर्चा कमाएकी लोकप्रिय गायिका माधवी जिएमले पोहोर परार जस्तै यो बर्ष पनि तीज गीतलाई निरन्तरता दिँदै नयाँ गीत विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत सार्वजनिक गरेकी छिन। ''बिताउछु जिन्दगी कृष्ण कै राधा बनेर'' बोलको उक्त गीतमा माधवी जिएम र कपिल सम्राटको आवाज रहेको छ भने गीतमा शब्द लय...
काठमाडौं - शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको मन्‍त्रालयले जानकारी दिएको छ । शुक्रबार कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या...
काठमाडौँ - अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । शुक्रबार केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । अभिनेता केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी...

अन्तर्वार्ता

ब्लग