Home Blog Page 307
काठमाडौं – मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् ।
काठमाडौं - भेडा भर्सेज कोइली यहि बोलको गीत अहिले विन्ध्यवासिनी म्युजिक प्रालिले आफैले निर्माण गरेर बजारमा ल्याएको छ। यो तीज ब्याटल हो, सोच्नुहोला तीजमा ब्याटल, यस्तो पनि हुन्छ र ? तीज गीतको बोल यस्तो कसरि रहयो ? किन रहयो ? यो कसरि हुन्छ? यो त हाम्रो मौलिक संस्कृती लाइ बिगार्ने काम भयो, यसले बिकृति ल्यायो ...
काठमाडौं - नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता निरजबहादुर शाहीले बताएका छन्। हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएको बताइएको छ । ‘उनिहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहको प्रवक्ता शाहीले बताएका छन् ।
काठमाडौं - प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए छन् । ज्ञवालीले जानकारी दिए अनुसार विस्कुट आकारको दर्जनाैँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन...
गुल्मी - गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् भने सोही गाउँपालिकामै एउटा ट्रक पनि पहिरोमा पुरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला...
काठमाडौं - महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ । प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले...
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोराेनामुक्त भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका...
काठमाडौँ –  समाजवादी पार्टीले प्रतिनिधिसभा सदस्यबाट सरिता गिरीलाई हटाएपछि उनको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो सोहि अनुरुप निर्वाचन आयोगले सिटौलालाई निर्वाचित गरिएको घोषणा गरेको छ । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनलाई सांसद नै...
काठमाडौं - सोमबार अर्थात आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य आइतबार थियो। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको...
काठमाडौं - आज देखि शुक्रबारसम्म देशभर भीषण वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ। विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको...

अन्तर्वार्ता

ब्लग