Home Blog Page 305
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ।
काठमाडौँ - लोकप्रिय गायक बुद्धिसागर बस्यालले ‘चस्मा लाएर’ बोलको तीज गीत बजारमा ल्याएका छन्। सत्कर्मको संगीत रहेको उक्त गीतमा गायक बस्यालको आफ्नै शब्द र स्वर रहेको छ। विवेक खड्काले निर्देशन गरेको गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ। ‘बाजेका पालामा मोहोरपाथी नुुन’, ‘डाँफे...
काठमाडौं - १० हजार ७८६ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
विराटनगर - समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित् बिराटनगर महानगरपालिकामा फेरी लकडाउन गरिएको छ । दुइ साताको लागि भनिएको उक्त लकडाउन सुक्रबार राति १२ बजेदेखि हुनेछ। नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको...
काठमाडौँ - पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पताल स्रोतले बताए अनुसार ६५ बर्षिय महिलाको मृत्यु भएको हो। उच्च रक्तचापको समस्या भएकी ति महिला साउन ६ गते अस्पताल भर्ना भएको बताइएको छ । वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखाेकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएको एक स्रोतले बताएको छ ।...
काठमाडौं - काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो । दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने...
पर्सा - नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित पर्सामा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सक्रमितहरु स्वास्थ्यकर्मीसहित कन्ट्याक ट्रेसिङ्गबाट स्वाब संकलन गरिएका, आफै शुल्क तिरेर परीक्षण गराएकाहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताएका छन्। उनका अनुसार संक्रमित मध्ये १३ जना आफै शुल्क तिरेर परीक्षण गराउनेहरु छन्...
काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि भएको छ। बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको हो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना...
वीरगञ्ज- कोरोना संक्रमणबाट वीरगञ्जमा जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् । डा. मदन उपाध्यायका अनुसार ५६ वर्षीय पुरुष ‘मुटुको रोगी थिए , कोभिड लागेपछि उनको अवस्था गम्भिर नै थियो, र ‘आईसीयु...
काठमाडौं - नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ।

अन्तर्वार्ता

ब्लग