Home Blog Page 304
काठमाडौँ - नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो । सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको बताइएको छ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण देखिएको हो । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना संक्रमणको पुष्टि भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा...
काठमाडौं - मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको उनले बताए । जसमध्ये हालसम्म १५ हजार २६ जना...
काठमाडौँ - विज्ञहरुले कोरोनाको जोखिम बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन् । विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित...
विराटगर- मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए। एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ। १४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५...
काठमाडौं- अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको ब्ताइएको छ।
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परि ८ जना बेपत्ता भएका छन्। एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा...
काठमाडौ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट...
काठमाडौं - तीज नजिकिदो क्रम संगै तीजका गीतहरु पनि दिनहु नै सार्वजनिक भैरहेका छन्। यहि भिडमा गायिका गीता रेउलेले पनि आफ्नो तीज गीत सार्वजनिक गरेकी छिन। ''रमिते पराई'' बोलको उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको बजार ब्यबस्थापन पनि विन्ध्यवासिनी म्युजिक प्रालिले नै गरेको छ। गीतमा गीता रेउले, गीता खड्का...

अन्तर्वार्ता

ब्लग