Home Blog Page 302
काठमाडौं - पर्सा जिल्लाका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरिएको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै पर्साका नयाँ प्रजिअमा आसमान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए भने सहायक प्रमुख जिल्ला...
काठमाडौँ - विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५ लाख १४ हजार ४ सय ४ पुेगेको छ । हालसम्म १ करोड ३४ लाख ३४ हजार ४ सय १६ जना निको भएका छन् । ६३ लाख ३४ हजार २ सय ९५ जनाको उपचार भइरहेकोमा ६४ हजार ६ सय ७ जनाको अवस्था गम्भिर रहेको छ । संसारकै...
बिगत लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सरद युवराज सिंह अब भने आफ्नो पहिचान संगीतमा स्थापित गर्न खोज्दैछन् । केहि दिन मात्र उनकै संगीतमा एउटा नयाँ गीत 'आमाको माया' को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरिकामै बस्ने अर्का फिल्ममेकर अर्जुन सुबेदीको शब्द र युवापुस्ताका चर्चित गायक स्वप्न सुमनले मिठो अवाज दिएका छन्...
काठमाडौं - लोकप्रिय गायक मौसम मधुरको नयाँ गीत सार्वजनिक भएको छ। ''टिकटकमा सेट'' बोलको उक्त गीतलाई दन्तकाली मिडियाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा मौसम मधुरको आवाज सुन्न सकिन्छ जसमा शब्द रचना बसन काफ्लेको रहेको छ भने संगीत तथा संगीत संयोजन सन्तोष प्रगाढको रहेको छ। गीतको भिडियोलाइ अशोक खड्काले निर्देशन गरेका हुन्...
काठमाडौं - सुनको भाउमा एकै दिन व्यापक गिरावट आएको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४...
काठमाडौं - भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत मुखर्जीले आफूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताएका हुन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन समेत आग्रह गरेका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित बढेसँगै टोल नै सिल गरिएको छ। १८ साउनमा चार जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो। वडा कार्यालयले एक सय ४० जनाको स्वाब संकलन गरी...
काठमाडौं - महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। कार्यालयमा गरिएको परीक्षणमा आइतबार राति थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए। संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत थिए । रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्। अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेशनमा पठाइएको छ। यसअघि पनि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा कोरोना...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।
काठमाडौं - गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । एक स्रोतले जनाए अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य समेत सुरु गरिएको छ ।

अन्तर्वार्ता

ब्लग