Home Blog Page 301
काठमाडौँ - गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो...
काठमाडौं - सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान अहिले नेपाल विद्युत् प्राधिकरण बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान...
बुटवल - फोन गरिरहेको बेला घरको छतबाट खसेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन्। उनको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएकोहो । छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी...
काठमाडौँ - "सानी" को सफलता पश्चात गायक सुदन गैरेले आफ्नो अर्को गीत 'उडी जाने जेट' लिएर आउने भएका छन्। गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। डान्सिङ बिट यस...
काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उप-कार्यकारी निर्देशकहरुको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ । प्राधिकरणका एक इन्जिनियरलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उप-कार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको नतिजा शुक्रबार आएको र आफूलगायत सबैको रिपाेर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
सिन्धपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर कम्तिमा ३५ जना बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइतेको उद्धार भएको छ । चार घाइतेलाई हेलिकोप्टरमा चौतारा अस्पताल पठाइएको छ । गाउँको बीच भागबाट खसेको पहिरोले कति घर पुरिए भन्नेबारे अझै एकिन हुन सकेको छैन । उद्धारमा खटिएका...
काठमाडौं- चिनियाँ सञ्चारमाध्यम सीएनएनले जनाकाठमाडौं- चिनियाँ सञ्चारमाध्यम सीएनएनले जनाए अनुसार कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएको छ , ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको त्यहाका अधिकारीले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ।...
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौँ उपत्यकाका १२७ सहित कुल ५२५ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनको परीक्षण गरिएको थिएन । उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने...

अन्तर्वार्ता

ब्लग