Home Blog Page 299
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् । २८ जना बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ...
काठमाडौं - महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ। महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ।
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ५०००० नाघेको छ। पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग...
काठमाडौं - काठमाडौं उपत्यकाका १९ वटा अस्पतालमा एक हजार ७७८ जना कोरोना भाइरस संक्रमित उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये आइसोलेसनमा एक हजार ६८०, आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना छन्। सबैभन्दा धेरै संक्रमित नेपाल प्रहरी अस्पतालमा छन्। त्यहाँ ३८७ जना संक्रमित उपचाररत छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४३ जना उपचाररत रहेकोमा २९...
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई एक–अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने भएको छ। शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको उल्लेख छ। समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि,पद्धति र संस्थागत निर्णयको...
काठमाडौं - काठमाडौंमा अब बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका...
काठमाडौं - बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले पाटन र बीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । पाटन अस्पतालको हाडजोर्नी विभागमा गएर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र बीर अस्पतालको नाक, कान, घाटी विभागमा पनि एक हजार थान मास्क, २० थान...
मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी...
काठमाडौं- उपत्यकामा लागाइएको निषेधाज्ञा आज रातिबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि भदौ तीन गतेदेखि जिल्ला तीन वटै प्रशासनले निषेधाज्ञा जारी गरेका थिए। निषेधाज्ञाका विषयमा छलफल गर्न आज (बुधबार) पनि उपत्यकाका तीनवटै जिल्लाका प्रजिअरुको बैठक बस्दैछ। बैठकले जारी निषेधाज्ञा केही परिमार्जन गर्ने बुझिएको छ। २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको भन्दै निषेधाज्ञा...

अन्तर्वार्ता

ब्लग