Home Blog Page 29
काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले सामाजिक सञ्जालमार्फत आफूले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको बताएका छन्।
काठमाडौं - मुलुककै एकमात्र अर्बपति विनोद चौधरीको परिवारको मुख्य लगानी रहेको नबिल बैंक पछिल्लो समय वित्तीय अपराध गर्न माहिर देखिएको छ । नियामक निकायले ठूलालाई चैन, सानालाई ऐनको प्रवृत्ति देखाउँदा नबिलमा वित्तीय अपराध फस्टाएको हो।हालैमात्र नबिल बैंकको पोखरा शाखामा गम्भीर प्रकृतिको वित्तीय अपराध भएको खुलासा भएको छ । बैंककै उच्च तहका कर्मचारीबाट विगत ६ वर्षदेखि गम्भीर वित्तीय...
काठमाडौं- सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप...
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सयमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर...
काठमाडौं- शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे आठ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सुचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकू तथा के(थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने...
काठमाडौं- संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले देश र जनतालाई सुशासनको अनुभूति दिने गरी क्रियाशील हुने बताएका छन् ।‘संसदीय समिति मिनी पार्लियामेन्ट हो । समिति राम्ररी चले संसद्लाई सहजता हुन्छ । हामी यो वा त्यो, पक्ष, विपक्ष नभनी काम गर्छौं । दलगत, जातिगत, धर्मगत, सम्प्रदायगत नभनीकन काम गर्छौं । कसैलाई...
काठमाडौ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसामा तथा युरोपियन...
काठमाडौँ - लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द...
काठमाडौं - भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।
काठमाडौं- सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ। शुक्रबा बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई...

अन्तर्वार्ता

ब्लग