Home Blog Page 27
हामीले फलफुलको दैनिक प्रयोग त गरिरहेको हुन्छौं । त्यसबाट धेरै पौष्टिक तत्वहरु पनि प्राप्त गरिरहेका हुन्छौं । फलफुलमा पाइने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई रोगबाट लड्न सक्ने क्षमतासमेत प्रदान गर्दछ । त्यस्तै फलफुलमध्ये नास्पाति पनि एक हो । नास्पातीमा पाइने गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याएको हुन्छ । एउटा नास्पाती...
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको...
काठमाण्डाै - सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उनी हिजो बेलुका पक्राउ परेका हुन् । उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन्...
काठमाण्डाै - बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो। केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम्...
काठमाडौं- आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ।
काठमाडौं - कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो ।
काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक नियमित हो। यसअघि मंगलबार बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यव्यस्तताका कारण आज बस्न लागेको हो। बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्‌मा पठाउने निर्णय गरिने बताइएको...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर...
काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको आज (बिहीबार) बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज निधन भएको हो । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय...
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुँदैछ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो । सर्वोच्चले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न...

अन्तर्वार्ता

ब्लग