Home Blog Page 23
काठमाडौं - सरकारले राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विभूषित गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी जानकारी दिएको हो । त्यस्तै सोही अवसरमा सरकारले सरकारी विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरूलाई पनि पुरस्कृत गर्दैछ । २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका...
काठमाडौं- आज ऋषि पञ्चमी। नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा...
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् । निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसैगरी प्रबन्धक दिपेन्द्रराज...
काठमाडौं - सोमबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । आइतबार...
काठमाडौं- प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।
काठमाडौं- विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई...
काठमाडौं- नेपाली नारीहरुको महान् चाड तीजमा पशुपतिनाथको दर्शन यसपल्ट विगतभन्दा सहज देखिएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका तीन वटा ढोका खुलेका छन् । भक्तजनको जुत्ता चप्पल नहराओस् भनेर जुन ढोकाबाट दर्शन गर्न गएको हो, त्यही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।पशुपतिनाथ मन्दिरमा नारी भक्तजनको सहभागिता भव्य, सभ्य र दिव्य रहेको पशुपति विकास कोषका...
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु...
काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । आज तेजावी सुन पनि १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा...
काठमाडौं- चिकित्सकहरुले देशभरका सरकारी अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कारबाही गर्नेलाई कारबाहीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशको सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा पनि आपतकालीनबाहेक सबै प्रकारका सेवाहरु ठप्प छ । चिकित्सकहरु शान्तिपूर्ण धर्ना र प्रदर्शनमा रहेका छन् । चिकित्सकहरुको आन्दोलनले सर्वसाधरणहरु मारमा परेका छन्...

अन्तर्वार्ता

ब्लग