Home Blog Page 21
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न । आजबाट सुरु भएको क्यानको अधिवेशन भोलिसम्म चल्नेछ । क्यानको अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा...
काठमाडौं- नेपाल शिक्षक संघका तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले हालै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० प्रति असहमति जनाउँदैं आएका आन्दोलित शिक्षकहरुका लागि खानेपानीको व्यवस्थापन गरेका छन् । गत बुधबार देखि माईतीघर, बानेश्वर क्षेत्रमा जारी आनदोलित रहेका शिक्षक र सुरक्षामा खटिएका सुरक्षा कर्मचारीलाई खानेपानीको व्यवस्थापन गरेका हुन्। यस्तै आन्दोलनमा खटिएका शिक्षकहरुले गरेको फोहोर...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५...
काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै...
काठमाडौं- सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो । आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ। यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका...
काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शिक्षान विधेयकको विरोधमा आन्दोलतरत शिक्षकहरुले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै लेखकले देशभरका हजारौं शिक्षकहरु सडकमा उत्रँदा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले लाखौं विद्यार्थीहरुको पढ्न पाउने हक र अधिकार बञ्चि हुँदा सरकार...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको...
काठमाडौं - सरकारी विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू स्कुल बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन प्रभावित भएको छ । काठमाडौं महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो । महानगरको चेतावनीपछि पनि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा...
बिर्तामोड- आजबाट सञ्चालनमा आएको नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज बिहान ६ः३० बजेको शुभ साइतमा आफ्नो २६औँ बिर्तामोड स्टोरको उद्घाटन गरेका हुन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइत पारेर गुरुङले स्टोरको उद्घाटन गरेसँगै आजबाट उपभोक्ताका लागि स्टोर खुला...
काठमाडौं- काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । ‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय,...

अन्तर्वार्ता

ब्लग