Home Blog Page 19
काठमाडौं- एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी आज दिउँसो चीनको हाङजाओ जान तयार भएका हुन्। नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार...
काठमाडौँ- चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिएका हुन् । उनका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि...
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लगायत समसामहिक राजनीतिक विषयमा बारे छलफल हुने जनाइएको छ ।
काठमाडौं- सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। चाडपर्वमा उपभोक्तालाई राहत दिनका...
काठमाण्डौ- उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ । राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा...
काठमाडौँ- दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘मायावी’को छायाङ्कन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट फिल्मको छायाङ्कन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक भट्टराईले जनकारी दिए । निलगिरी आसपासमा अभिनेता पल शाह, अभिनेत्री दीपिका दीपिका प्रसाईं र नव...
काठमाडौं - दश कम्पनीका ३० भन्दाबढी ब्राण्डका जुत्ता एकैठाउँमा पाइने भएको छ । यो अवसर भृकुटीमण्डपमा भइरहेको जुत्तामेलाले जुराएको हो । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने भएको हो । यस मेलामा यहि असोज...
काठमाडौं - राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता...
काठमाडौं - सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा जीप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ तोकिएको छ । युरो १ को खरिद दर १४१ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ७० पैसा छ ।...

अन्तर्वार्ता

ब्लग