Home Blog Page 12
काठमाडौं- टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो । अपाचे आरटीआर १६० भीफोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको...
काठमाडौं- रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो। उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि...
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरण शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाएको छ ।सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो,...
काठमाण्डाै - सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८...
काठमाण्डाै- नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक...
काठमाडौं- टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले १७ दशमलव १ ओभरमा मात्र २ विकेग गुमाएर लक्ष्य पूरा गर्दै यस्एईलाई ८ विकेटले हराउँदै सनु् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट पक्का गरेको हो ।
काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सयले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ७ रुपैयाँले नै बढेर एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाडौं- साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो ।बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल...
काठमाडौं- आजदेखि सरकारी कार्यालयको सेवा ४ बजे बन्द हुने भएको छ। कात्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ । जसअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुनेछन् । अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालय खुल्ने छन्...
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।...

अन्तर्वार्ता

ब्लग