Home Blog Page 116
काठमाडौं- कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै गोप्य सल्लाहमा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् । कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् ।...
काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएको अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाडौं स्थित आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता,...
काठमाडौं- नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो। रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।
काठमाडौँ- प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने...
तनहुँ- तनहुँमा बुधवार मदिरा पिएर श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ। बुधबार अबेर शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल घर भएकी ३६ वर्षीया सुशीला विकले ढुङ्गाले प्रहार गर्दा श्रीमान् मनबहादुर नेपालीको मृत्यु भएको हो। कुटपिट पछि झगडाले उग्र रुप लिँदा विकले ढुङ्गाले श्रीमानको टाउकोमा हानेको प्रहरीले बताएको छ। पोखरा-३० सिसुवा स्थायी घर भएका नेपाली हाल डेरामा श्रीमतीसँग बस्दै...
एजेन्सी- तपाईले कहिल्यै सोच्नु भएको छ विमानको रङ प्रायःजसो सेतो किन हुन्छ ? यसको वैज्ञानिक र आर्थिक दुवै कारण छन् । पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ । यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र...
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आज जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ । सभामुख हुँदा गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि पुर्याएको योगदानका आधारमा उनलाई जापानले सम्मान गर्न लागेको हो । पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको उनको सचिवालयले जनाएको छ...
हामी सुरुमै भन्छौँ मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । त्यसैले मदिराको सेवन नगर्दै राम्रो हुन्छ । तरपनि अहिले मदिरा सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत...
देउखुरी- लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरण सहयोग पुग्ने गरी कर्मचारीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मन्त्रालयमा कार्यरत कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन...
काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य...

अन्तर्वार्ता

ब्लग