Home Blog Page 113
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
धनुषा- सबैला नगरपालिकामा विंगर गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको हो। ज्ञानीको घटनास्थलमै र अरुणको प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बुधबार बेलुकी धनुषाको सबैला नगरपालिका १० सिमरारी...
काठमाडौं- बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ। गत साता...
पाल्पा- जिल्ला सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो । नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो...
काठमाडौं- सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मङ्गलबार बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पारित गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ र स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १४१ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा तथा बिक्रीदर १६१ रुपैयाँ २३ पैसा...
काठमाडौँ- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य महंगिएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी...
काठमाडौँ- सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी...
काठमाडौं- अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् ।...
काठमाडौँ – मह, हाम्रो भान्साघरमा प्रयोग हुने स्वादिष्ट पदार्थ हो, साथै यसलाई सदियौँदेखि महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गर्दै आएका छौँ । संसारैभरि, हाम्रा पूर्खाहरू महको अनेक लाभहरूको बारेमा राम्रोसँग परिचित थिए। सिद्ध र आयुर्वेद (परम्परागत चिकित्सा पद्धति) मा मह सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसलाई छाला र आँखाको रोगको लागि समेत प्रयोग गरिन्थ्यो, साथै जलेको वा घाउ भएको...

अन्तर्वार्ता

ब्लग