Home Blog Page 11
काठमाडाैं- अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः आजदेखि लागु हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन...
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
काठमाडौं- गतेदेखि एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड निस्कासन हुने भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निस्कासन हुन लागेको हो । कुल १ अर्ब रुपैयाँ बराबरको यो योजनामा १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकले लगानी गर्नेछ । म्युचुअल फण्डमा सर्वसाधारण...
काठमाडौं- डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्र्तगतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र...
काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री खुला गरेको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आजदेखि कार्तिक २४ गतेसम्म सिक्का खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराउने भएको छ...
काठमाडौं- अरनिको यातायातले भूकम्पबाट प्रभावित परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जान निःशुल्क बस सेवा प्रदान गरिरहेको छ । पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ। सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६...
काठमाण्डाै- भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ। अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएका छन् । अझै...
काठमाडौँ- संघीय सांसद् तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भूकम्प पीडितका लागि सरकारी राहत तथा पुर्नस्थापना कोषमा एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत सांसद् पौडेलले आफुले सांसद्को रुपमा पाउने एक महिनाको तलब राहत कोषलाई दिने घोषणा गरेका हुन् । २०७२ सालको महाभूकम्पपछि पौडेलले आफ्नो नेतृत्वमा देशभर झण्डै एक हजार अस्थायी...
काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर एक लाख १५ हजार...

अन्तर्वार्ता

ब्लग