Home Blog Page 103
काठमाडौं- जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै...
एजेन्सी- भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्। एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर...
पोखरा- काठमाडौंबाट पोखरा आइपुगेको यती एयरलाइन्सको दुर्घटना ग्रस्त जहाजमा ६८ जना यात्रु रहेको पुुष्टी भएको छ । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। पोखराको विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटनाग्रस्त लगत्तै आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले नयाँ पुस्ता डटकमलाई बताए ।
काठमाडौं- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने...
काठमाडौं- सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण चालू आर्थिक वर्षको राजस्व असुली घटेको भन्दै आए पनि यो आंशिक सत्यमात्र देखिएको छ । आयात प्रतिबन्ध लगाएको र नलगाएको दुई आर्थिक वर्षका ५ महिनाको राजस्व असुलीको अवस्था हेर्दा प्रतिबन्धले राजस्व घटेको भन्नु सरकारलाई बहाना मिल्नु मात्र हो । सरकारले २०७९ बैशाखदेखि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यी...
काठमाडौं- सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष सहकारीलाई तीन लाख क्विन्टल धान खरिद गर्न प्रस्ताव आह्वान गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुुमार सञ्जेलले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुुदान उपलब्ध गराएर किसानको तीन लाख क्विन्टल धान खरिद...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
काठमाडौँ- आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेसँगै यस्तो निर्णय आएको हो । एसोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैङ्कको निर्देशिकाअनुसार नै...
काठमाडौँ- नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय...
काठमाडौं- संघीय संसद् सचिवालयले प्रतिनिधि सभा २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ। सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा एमालेका सांसद् अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने अन्तिममा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ। हेर्नुहोस् नामावली : Member-of-Parliament-Partinidhi-SavaDownload

अन्तर्वार्ता

ब्लग