Home Blog Page 101
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा २० प्रतिशत बजेट व्यवस्था गरेर होस् वा सामुदायिक विद्यालयलाई स्मार्ट बनाएर । विगत पाँच वर्षदेखि चर्चामा रहेको संघीय शिक्षा ऐन ल्याएर शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी शिक्षामा आमूल परिवर्तन गर्नु आवश्यक...
सप्तरी- यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । पछिल्लोपटक विष्णुपुर गाउँपालिका(२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का...
काठमाडौं- राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभार समालेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी...
काठमाडौं- नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि...
पोखरा- पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा एकको अवस्था अज्ञात छ । माघ १ गते दुर्घटना भए पनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ । पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्याएको सेती खोंचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात विमानमा आगलागी भयो...
काठमाडौँ- सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने...
काठमाडौँ - नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ। बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड प्रदान...
पोखरा- पोखराको सेती खोँचमा विमान दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधन भएकोप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ। कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शोक विज्ञप्ति जारी गदैै मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । रुपा गाउँपालिका–३ पोल्याङ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका...
काठमाडौं- आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको छ ।...
काठमान्डौँ- गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो । यो देशको कडा कोरोनाभाइरस नियमहरूले व्यवसायहरूलाई कसरी असर गरेको छ भन्ने सङ्केत हो । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठुलो अर्थतन्त्र सन् २०२२ मा तीन प्रतिशतको दरले वृद्धि भएको छ । यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो ।...

अन्तर्वार्ता

ब्लग