Home Blog Page 100
एजेन्सी- न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गरेकी छन् । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री भएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेकी हुन्। प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उनले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी छन् । आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने...
काठमाडौं- ‘बाटो साँघुरो भएको हैन, गाडी धेरै भएको हो, ‘बढ्दो सवारी जामबारे काठमाडौं स्कुल अफ ल का संस्थापक युवाराज संग्रौला भन्छन्, ‘सार्वजनिक यातायात सुलभ नहुने हो भने १० लेनको बाटो भए पनि सडक जाम घट्दैन।’ युवा र यातायातको विषयमा संग्रौलले बोलेको एउटा सानो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली युवाको मनस्थिति र यातायातको गन्जागोललाई उनले...
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता तयारी गरिरहेको छ । त्रिविको सिनेटको २०७३ सालमा बसेको सिनेटको बैठकले स्ववियु निर्वाचनको आचारसंहिता तयार गरेको थियो । चैत ५ गते हुने निर्वाचनमा पनि...
काठमाडौं- स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा १३ अर्ब रूपैयाँले कमी हो। हरेक वर्ष आयात बढ्दै गएको भए पनि यो...
काठमाडौं- युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको...
काठमान्डौँ- बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाको ज्यान गएको हो । त्यसैगरी निरन्तर बढिरहेको चिसोसँगै अनवरत...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । विहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । शव पहिचानका लागि आवश्यक पर्ने स्रोत साधन पूरा गर्न...
काठमाडौं- राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो। राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ। विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै...
काठमाडौं- बिहिबार सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मूल्य मै कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ। आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ५५...
काठमाडौं- झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने...

अन्तर्वार्ता

ब्लग