‘रिमै’मा दयासँग आउँदै रिस्मा

0
4

काठमाडौं- ब्लकबस्टर ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ्ग राईसँग सिनेमामा देखिने भएकी छन्। ‘रिमै’बाट उनीहरु चर्चित जोडी फेरी पर्दामा आउन लागेको हो । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने सिनेमालाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन्।

सिनेमामा दया र रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन्। उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्।

सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन्।

सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ। ‘रिमै’को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ।

‘कबड्डी’ सिनेमामा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए। यो सिनेमाले त्यो ‘केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ। सिनेमालाई बितरण आरआर फिल्मस्ले गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here