बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

0
3

काठमाडौ- सरकारले बुस्टर डोजका लागि थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्याएको छ । कोभ्याक्समार्फत ल्याइएको खोप दीर्घरोगी, विदेश जाने व्यक्तिलगायतलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि गएको मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो । कोभ्याक्सले कुल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । यो खोप वितरणका लागि प्रदेश सरकारलाई पठाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here