मंसिर ८ देखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्ने

0
5
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो ।

कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो ।

कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here