धनुषाका प्रहरी प्रमुख खड्कालाई फिर्ता बोलाउने प्रहरी प्रधान कार्यालयको निर्णय

0
4

काठमाडौं- गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी धनुषाकी आरती साहको हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा ४ महिनादखि धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।

एसपी खड्काले आरती हत्या प्रकरणलाई दवाउन भूमिका खेलेको पीडित परिवारको आरोप रहेको छ । उनले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here