दूतावासको प्रतिनिधि भन्दै बिचौलियाको बिगबिगी बढेपछि युएईमा रहेका नेपालीहरुलाई सचेत रहन आग्रह

0
23

काठमाडौं – युुएईमा दूतावासको कर्मचारी हो भन्दै बिचौलियाहरूले ठगी गर्ने क्रम बढेको त्यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ। आफू दूतावासमा काम गर्ने प्रतिनिधि हुँ भन्दै केही व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गरिरहेको गुनासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको हो।
दूतावासले हिज अर्थात मंगलबार एक सूचना प्रकाशित गर्दै कसैको पनि विश्वासमा नपर्न युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको हो। सूचनामा भ्रम सिर्जना गरी अतिरिक्त शुल्क नअसुल्न पनि दूतावासले सूचित गरेको छ।
छिटोछरितो काम गरिदिने बाहनामा कसैले अतिरिक्त शुल्क असुल्न खोजे तुरुन्तै जानकारी गराउनसमेत युुएई स्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here