राष्ट्र बैंकले आजदेखि असर्फी बिक्री गर्दै

0
10

काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री खुला गरेको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आजदेखि कार्तिक २४ गतेसम्म सिक्का खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराउने भएको छ । गाई अंकित २५ ग्राम, १० ग्रामका चाँदीका सिक्का, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम चाँदीका सिक्का समेत बिक्री गर्ने जनाएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here